प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सर्वोच्चमा ६ रिट पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका हुन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। अधिवक्ता शाहीले प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै आफूले रिट पेश गरेको र उक्त रिट दर्ता प्रक्रियाका लागि अदालतले पठाएको जानकारी दिए । संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ। नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिएको हुनुपर्ने वा संसद्बाट विश्वासको मत गुमाएको हुनुपर्ने अधिवक्ताहरुले बताएका छन् । प्रधानमन्त्रीको पद रिक्त भएमा मात्रै सरकार गठनका लागि आह्वान गर्न मिल्ने भएकाले राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना नगरेको भन्दै रिट पेश गरिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया