NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

संविधान संशोधनका लागि सरकारले बनायो पाँच सदस्यीय कार्यदल

काठमाडौं । संविधान संशोधनका लागि सरकारले पाँच सदस्यीय कार्यदल बनाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जसपा सम्मिलित कार्यदल बनाएको हो । जसमा सरकारका तर्फबाट तीन जना छन् भने जनता समाजवादी पार्टीका दुई जना रहेको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताए । कार्यदलमा सरकारका तर्फबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, एमाले सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् । यस्तै, जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । नेता ठाकुरले नागरिकका विधेयकका विषयमा उक्त कार्यदलले महत्वपूर्ण काम गर्ने बर्ता । आफूहरुका माग र मुद्दाका विषयमा सम्बोधन गर्नका लागि उक्त कार्यदल बनाइएको ठाकुरको भनाइ छ । यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष