NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोनामुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणको लामो समयपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको परिवार यसबाट मुक्त भएको हो । ने ता शर्माले सामाजिक संजालमार्फत चार जनाको परिवार नै संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् । काेराेनाबाट शर्मा, उनकी पत्नी र छाेराछाेरी संक्रमित भएका थिए । ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामि ! शारीरिक कमजोरी केहि समय रहला तर अब संक्रमणमुक्त बनेका छौं l सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारि छौँ lकोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गर्दै,संक्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं l’ शर्माले सामाजिक संजालमा लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष