NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अध्यादेश कार्यान्वयन गर्नेगरी उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सिडिओहरूको बैठक बस्दै

काेभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा भएका प्रावधान कार्यान्वयन गर्नेगरी काठमाडाैंमा निषेधाज्ञामा थप कडाइकाे निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज मंगलबार बस्दैछ। पछिल्लाे पटक थप गरिएकाे निषेधाज्ञा सकिन दुई दिन अघि बस्ने बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने र साेमबार गृह मन्त्रालयबाट जारी परिपत्र कार्यान्वयन गर्नेगरी रणनीति बनाउने छ। ललितपुरका सिडिओ डुण्डीप्रसाद निरौलाले तत्कालका लागि निषेधाज्ञा थप गरेर जानुको विकल्प नभएको बताए। उनले अध्यादेशमा समावेश भएका व्यवस्थालाई कार्यान्वयन गरिने बताए। सरकारले अध्यादेशलाई दुईवटा अस्त्रमा प्रयाेग गरिरहेकाे छ। काेराेना नियन्त्रणका लागि अध्यादेश जारी गरिए पनि संसद विघटनसँगै प्रदर्शन बढ्न थालेपछि अध्यादेशमा भएका व्यवस्था अनुसार नै कारबाही थालेकाे छ, निषेधाज्ञा उल्लंघन आराेपमा। निषेधाज्ञाकाे आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान अध्यादेशमा छ। यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ। गृह मन्त्रालयबाटगृह मन्त्रालयका ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ। अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ। आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि सिडिओलाई छ। दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो। २२ वैशाखमा पुन: एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा फेरि दुई साताका लागि थपिएको थियो। यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्न लागिएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशस् घट्दै जाने बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष