NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सिसिएमसीमा पूर्वरथी शर्मा नियुक्त

सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवसरहको पदमा नियुक्ति गरेको हो। गत बिहीबार जारी भएको अध्यादेशमा ‘कोभिड-१९ को रोकथाम, भनयन् रण, भनदान र उपचारसम्बन्धी कामलाई छिटोछरितो बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रहने र प्रमुखमा नेपाल सरकारले नियुक्त गर्ने’ उल्लेख छ। यो समितिमा स्वास्थ्य सेवाका १२ औं तहका अधिकृत, नेपाली सेनाका उपरथी,नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक तथा गृहर उद्योग मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको सिसिएमसीको संयोजकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए भने सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव। तर, अध्यादेशले सिसिएमसीभन्दा माथिल्लो निकायका रुपमा प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको परिकल्पना गरेको छ। शर्माले सिसिएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ। निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् । कार्यसम्पादन चित्तबुझ्दो नभएपछि सरकारले सीसीएमसीको नेतृत्वबाट उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष