NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसद् विघटनविरुद्ध अन्य दलका युवासँग मिलेर देशैभर प्रदर्शन गर्न तरुण दलको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको युवा संगठन नेपाल तरुण दलले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । तरुण दल केन्द्रले विघटनविरुद्ध देशभर प्रदर्शन गर्न ७७ वटै जिल्लामा परिपत्र गरेको हो । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति परिपत्र गर्दै भनेका छन् कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकारले उल्टै संसद विघटन गरेर अराजकता थपेको बताएका छन् । यसैको विरोधमा देशभर वाइसिएल, समाजवादी युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, युवा संघ नेपाल, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी आफूहरु अगाडि बढेको तरुण दलले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष