NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गोली प्रहारबाट घाइते माओवादी केन्द्र कपिलवस्तुका नेताको मृत्यु

गोली प्रहारबाट घाइते नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ। जेठ ५ गते सडवामा गाेली प्रहारबाट घाइते भएका पाण्डेलाई उपचारका लागि साेमबार साँझ हेलिकाेप्टरमार्फत काठमाडाैं ल्याइएकाे थियाे। तर, उनकाे त्रिवि शिक्षण अस्पतालमा राति नै मृत्यु भएकाे कपिलवस्तुका एसपी नवराज अधिकारीले बताए। त्यसअघि उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भएकाे थियाे। गोली प्रहार गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन्।

ताजा अपडेट

नेपालवाच विशेष