NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओली पक्षलाई खबरै नगरी सुदूरपश्चिममा संसदीय दलको बैठक बोलाइयो

धनगढी । पार्टीभित्र गतिरोध देखिएपछि सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ । सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो । बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । बैठकका लागि एमालेभित्र माधव नेपाल समूहका सांसदहरु अहिले संसदीय दलको कार्यालयमा पुगेका छन् । ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । ‘हामीलाई खबर आएको छैन । मैले पनि बाहिर बाट सुनेको छु,’ निवर्तमान भैतिक मन्त्री बोहराले भने । ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष