NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षाहरु वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सम्बन्धित विभाग र क्याम्पसहरुलाई आग्रह गरेको छ । वैकल्पिक विधिमार्फत् भइरहेको कक्षलाई निरन्तरता दिन, बाँकी कक्षा सञ्चालन गर्न र रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट लिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित विभाग तथा क्याम्पसलाई आग्रह गरेको हो। उपकुलपति धर्मकान्त बास्कोटाले सोमबार एक विज्ञप्तिमार्फत् सम्पर्कमा नभएका विद्यार्थीलाई पनि तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयर्का सम्पर्कमा आउन आग्रह गरेका छन् । कोभिड–१९ को दोस्रो लहरमा पुनः सञ्चालन भइरहेको पठनपाठन तथा परीक्षा स्थागित गर्नु परेको र संक्रमणका कारण कतिपय विद्यार्थी तथा शिक्षकले ज्यान गुमाउनु परेकोमा उनले शोकसमेत प्रकट गरेका छन् । यो सयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहनसमेत उननले सूचनामार्फत आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष