NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गाउँ गएकाले दोस्रो डोजको खोप कहाँ लगाउने ?

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी बढेसँगै गत चैत १६ गतेबाट निषेधाज्ञा जारी गर्‍यो । त्यतिबेलासम्म कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेकै थियो । लकडाउन भएसँगै खोप अभियान पनि स्थगित भएपछि अधिकांश मानिसहरू यतिबेला गाउँ पुगेका छन् । गाउँ जानेहरू कतिपयले पहिलो डोजको खोप लिइसकेका छन् । तर, गाउँ पुग्ने कतिले खोप लगाएका छन् भन्ने एकिन तथ्यांक सरकारले संकलन गरिसकेको छैन । गाउँ पुगेकालाई प्रदेशमै खोप उपलब्ध गराइने निषेधाज्ञाकै बीच गत जेठ २ गतेबाट भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । काठमाडौंमै हुनेहरूले त खोप लगाइरहेका छन् भने गाउँ पुगेकाहरूका लागि दोस्रो डोजको खोप के गर्ने भन्नेबारे अन्योल छ । पहिलो डोजको खोप लगाएर गाउँ जानेहरूका लागि दोस्रो डोजको खोपको व्यवस्था मिलाउन यतिबेला खोप लगाएर गाउँ जानेहरूको तथ्यांक संकलन भइरहेको छ । गाउँ जानेको संख्याको आधारमा प्रदेशम खोप पठाउने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए । त्यसपछि गाउँ गएकाहरूले प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा रहेर खोप लगाउन सकिने व्यवस्था मिलाउने तयारी भइरहेको गौतमले बताए । गौतमका अनुसार अहिलेसम्म २ लाख ९० हजारले कोरोनाविरुद्ध पहिलो डोजको भेरोसेल खोप लगाएका छन् भने १ लाख ७५ हजारले दोस्रो डोज लगाएका छन् । काठमाडौंमा दोस्रो डोज लगाउनेको संख्याको आधारमा पहिलो डोज लगाएर गाउँ जानेहरूको संख्या पत्ता लगाइनेछ । त्यसपछि प्रदेशमै खोप पठाउने डा.गौतमले बताए । कोभिशिल्डको दोस्रो डोज अझै अन्योलमा यसअघि कोभिशिल्डको पहिलो डोज लगाउने वृद्धवृद्धाहरूको पनि समय कट्न थालिसकेको छ । खोप महाशाखाका अनुसार गत फागुन २३ गते यता करिब १२ लाख जेठ नागरिकले कोभिशिल्डको खोप लगाएका छन् । उनीहरू दोस्रो डोजको खोपको पर्खाइमा रहेको कसैको दश हप्ता कटिसकेको छ भने कसैको १२ हप्ता हुन थालिसक्यो । चिकित्सकहरूले १२ हप्तासम्म कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लिइसक्नुपर्ने सुझाउदै आएका छन् । तर, भारतले पठाउने खोपबारे अझै पनि अनिश्चित हुँदा यतिबेला १२ लाख वृद्धवृद्धाका लागि दोस्रो डोजको खोप अन्योलमै छ । खोप आउनेबित्तिकै लगाउन सुरु गर्ने डा.गौतम बताउँछन् । पहिलो डोज लगाएर संक्रमित भएकाले के गर्ने ? पहिलो डोजको खोप लगाएर पनि संक्रमित भएकाहरू भने दोस्रो डोज लगाउने कि नलगाउनेबारे अन्योल छ । डा. गौतमका अनुसार पहिलो मात्राको खोप पाएर संक्रमित भएकाहरूले संक्रमणमुक्त भएको एक महिनापछि दोस्रो डोज लगाउन सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष