NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विपक्षी गठबन्धनको रिटमाथि आज सुनुवाई नहुने

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दर्ता गरिएको रिटमाथि आज सुनुवाई नहुने भएको छ । शेरबहादुर देउाव, प्रचण्ड र माधवकुमार नेपालसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट आज पेसीमा चढेको छैन । सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमबार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन । आज तोकिएका दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको बइजलासमा न्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मुद्दा छ ।

ताजा अपडेट

नेपालवाच विशेष