NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

चीनको सहयोगमा पाकिस्तानले बनायो आफ्नै खोप

काठमाडौं । सोमबार पाकिस्तानले आफ्नै देशमा निर्माण गरेको कोरोनाविरुद्धको खोपको घोषणा गरेको छ । कोरोना संक्रमणसँग जुधिरहेको पाकिस्तानले सोमबार चिनियाँ कम्पनी कान्सिनो बायोसँगको सहकार्यमा निर्माण भएको खोप ‘पाकभ्याक्स’ को घोषणा गरेको हो । पाकिस्तानी प्रधानमन्त्रीका विषेश स्वास्थ्य सल्लाहकार डा. फैसल सुल्तानले ट्विटरमा लेख्दै पाकभ्याक्सको निर्माण भएको र क्लिनिकल ट्रयालमा रहेको घोषणा गरेका हुन् । पाकभ्यास्कको निर्माणले पाकिस्तानलाई कोरोना भाइरसविरुद्धको खोपका लागि अन्य देशसँगको परनिर्भरतालाई कम गर्ने विश्लेषण गरिएको छ । गत फेब्रुअरीमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप अनुदानमा पाएपछि खोप अभियान चालेको पाकिस्तानले संक्रमणको दोस्राले लहर फैलिरहँदा सुरुवातमा फ्रन्टलाइनमा रहेका स्वास्थ्य कर्मिलाई खोप लगाएको थियो । दोस्रो लहर फैलिरहँदा पाकिस्तानले देशमा रहेका वृद्ध नागरिकलाई खोप लगाएको थियो । अहिले पाकिस्तानमा ३० वर्षभन्दा माथि उमेर समूहका मानिसलाई खोप लगाइरहेको छ । हालसम्म पाकिस्तानमा ५० लाखभन्दा धेरैलाई खोप लगाइरहेको छ । खोप निर्माण भएको घोषणा गर्दै सुल्तानले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थान र यसको समूहले चीनको कान्सिनो बायोको सहयोगमा खोप निर्माण गर्न सफल भएको हार्दिक बधाई छ । खोपले परीक्षण काल पूरा गरेको छ ।’ पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार अब हरेक महिना ३० लाखको संख्यामा खोप उत्पादन हुने छ । Congratulations to the NIH Pak team and its leadership for successful fill/finish (from concentrate) of the Cansino vaccine with the help of Cansino Bio Inc. China. The product has passed the rigorous internal QA testing. An imp step to help in our vaccine supply line pic.twitter.com/hrkySTJxPX— Faisal Sultan (@fslsltn) May 24, 2021

ताजा अपडेट

नेपालवाच विशेष