NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण, आइसोलेट गर्न ठाउँ अभाव

काठमाडौं । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपालमै एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए । सिफलमा रहेका ७० जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । यस्तै, नक्सालको बालगृहमा केयर टेकरसहित २३ जना बालबालिकामा संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकाले अझै संक्रमितको संख्या बढ्नसक्ने बडालले बताए । ४९ बालबालिकासहित १० जना सुसारेमा पनि संक्रमण देखिएको छ । बडालका अनुसार संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण देखिएको छ । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए । बडालका अनुसार नजिकै रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरी त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष