NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कोरोनाले थलिएको अर्थतन्त्रलाई चलायमान हुनेगरी बजेट ल्याउन व्यवसायीको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणदेखिको कोरोनाले ढलेको अर्थतन्त्र पुरानै लयमा फर्काउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको छ । पहिलो लहरले थला पारेको अर्थतन्त्रलाई दोस्रो लहरले झन् थिलोथिलो पारेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले बजेटमा विशेष ध्यान दिन अनुरोध गरेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गत वर्ष महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नकारात्मक दिशामा गएको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दास्रो लहरले पुनः अर्थतन्त्रर्ला ठप्प पारेको बताए । उनले आगामी बजेटमार्फत सरकारले यो अवस्थाको सम्बोधन गर्नुपर्ने बताए । उनले कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सेवा सुधार, खोप सहितको उपचार सेवालाई सुदृढीकरण गराउनुपर्ने पहिलो आवश्यकतासँगै अर्थतन्त्र चलायमान बनाउने विषय पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औंल्याए । उनले अहिलेको निषेधाज्ञाका कारण ९० प्रतिशतभन्दा कम आर्थिक गतिविधि मात्रै चलेको बताए । ‘अर्थतन्त्र चलायमान बनाउन प्रभावित क्षेत्रको वर्गिकरण गरी व्यवसायीले अनुभूत हुनेगरी बजेटमा आवश्यक व्यवस्था गरिनुपर्छ’, उनले भने । उनले उद्योगको उत्पादनलाई आधार मानि श्रमिकको न्यूनतम पारिश्रमिकको व्यवस्था गरी स्टाटअप र इनोभेसनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले हाल नेपालको अर्थतन्त्र पूरै रेमिट्यान्समा निर्भर रहेकाले त्यसमा कमी आउनेबित्तिकै देशको अर्थतन्त्र ठूलो दुर्घटनामा पर्ने चेतावनी पनि दिए । ‘अति प्रभावित क्षेत्र, पर्यटन, मनोरञ्जन, संञ्चार लगायत क्षेत्रहरुलाई विशेष राहत, उद्योगहरुका लागि व्यवसायिक निरन्तरता र पुर्नकर्जाको व्यवस्था गर्नुपर्छ । रि–फाईनान्सिङमार्फत राहत उपलब्ध गराउनुपर्छ र व्याजदर कम गर्नुपर्छ । उत्पादन क्षेत्रमा दीर्घकालीन लगानीका लागि प्रोत्साहन गर्नुपर्छ । निर्यात बढाउने कुरालाई प्राथमिकता दिनुपर्यो । पूरै अर्थतन्त्र रेमिट्यान्समा आधारित भएकाले त्यसमा कमि आउनेबित्तिकै अर्थतन्त्रमा ठूलो दुर्घटना हुनसक्छ’, उनले भने । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कोभिड महामारीबाट नागरिकलाई बचाउनका लागि खोप र स्वास्स्थ्य पूर्वाधारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । महामारीबाट नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने गरी व्यवसायीक क्षेत्रलाई प्राथमिकता दिने कार्यक्रमहरु बजेटमा समावेश गरिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘पहिलो सम्बोधन त नागरिकको जीवन रक्षा नै हो । त्यसपछि कोरोनाबाट तहसनहस भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने र व्यवसायीक क्षेत्रलाई प्राथमिकता दिने किसिमको कार्यक्रमसहित बजेट आउनुपर्छ ।’ उनले कोरोनाले बन्द भएका साना तथा मझौला व्यवसायलाई पनि प्राथमिकता दिनुपर्ने पनि माग राखे । ७० प्रतिशत राजश्वमा योगदान पुर्याउने नीजि क्षेत्रलाई पुरानै लयमा फर्काउन बजेटमा विशेष व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष