NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पूर्व सभामुखहरुसँग छलफलमा सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल सुरू गरेका छन् । प्रतिनिधि सभाको ल्होत्से हलमा आज दिउँसो सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल सुरु गरेको सभामुखको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले पूर्वसभामुखलाई बोलाएका हुन् । सभामुख सापकोटाले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विरोध गरेका थिए । यस्तै पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ भने सहभागी छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष