कंगोमा ज्वालामुखी विस्फोट, ३२ जनाको मृत्यु
काठमाडौं । कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो । तर, पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या ३२ पुगेको र अधिकांशको दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् । एजेन्सी
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया