NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेरमले कोभिसिल्ड नपठाएपछि अर्को खोप छान्न नेपाललाई कोभ्याक्सको पत्र

काठमाडौं । भारतको सेरम इन्सिच्यूट अफ इन्डियाले नेपाललाई कोभिसिल्ड खोप दिन नसक्ने भएपछि विश्व्यापी खोप अभियान कोभ्याक्सले नेपाललाई विकल्प रोज्न सुझाएको छ । भारतले खोप प्रदान नगर्ने अवस्थामा नेपाललाई उसले कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न पत्राचार गरेको हो । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्षसम्म नेपाललाई खोप दिन नसक्ने बताइसकेको छ । यतिबेला नेपालमा भारतीय खोप लगाउने १५ लाख वृद्धवृद्धा छन् । उनीहरू दोस्रो डोजको खोपको पर्खाइमा रहेको १२ हप्ता नाघिसक्यो । नेपाल मात्रै नभएर हाल सेरमले कोभ्याक्सलाई पनि खोप पठाउन सकिरहेको छैन । जसकारण कोभ्याक्सले पनि नेपाललाई यसको विकल्प रोज्न सुझाएको हो । सेरमले खोप पठाउन नमानेपछि नेपालले यसको विकल्पमा अन्य कम्पनीलाई पनि प्रस्ताव गरिसकेको छ । नेपालले हालसम्म कोभिसिल्डको विकल्पमा अमेरिकाको मोर्डना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खारिदको लागि प्रस्ताव गरेकामा जोन्सन रएण्ड जोन्सन र रसियाको स्पुतनिक–भीले खोप पठाउनेमा सहमति जनाएका छन् । नेपालमा कोभ्याक्सिन, जोनसन एण्ड जोनसन, स्पुतनिक भी र भेरोसेललगायत खोप यहाँको भण्डारण सिस्टमलाई उपयुक्त हुने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष