NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आज ठूलाे वर्षा र हावाहुरीकाे सम्भावना

शुक्रबार मुलुकका धेरैजसाे स्थानमा पानी पर्ने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार गत मंगलबारबाट माैसम प्रतिकूल रहेकाे छ। शनिबार साँझसम्म माैसममा सुधार नआउने माैसमविदहरुले जानकारी दिएकाे छ। शुक्रबार मुलुकभर बदली छ। यद्यपि, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलाे पानी पर्ने देखिन्छ। साथै उच्च बेगको हावाहुरीको सम्भावना छ। बिहीबार उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १-२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। ‘प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १-२ स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेकाे छ, ‘गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

ताजा अपडेट

नेपालवाच विशेष