NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उपत्यकामा चाैथाे चरणकाे निषेधाज्ञा, उल्लंघन गरे पाँच लाख जरिवाना

काठमाडाैं उपत्कायमा आज शुक्रबारदेखि चाैथाे चरणकाे निषेधाज्ञा जारी भएकाे छ। पछिल्लाे पटक १५ दिन थपिएकाे निषेधाज्ञाकाे समयावधि सकिएसँगै स्थानीय प्रशासनले काेभिड-१९ संकट व्यवस्थापन अध्यादेश अनुसार निषेधाज्ञा जारी गरेका हुन्। यस अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गरेर अवराेध गरेमा एक लाखदेखि पाँच लाख रुपैयाँ जरिवाना असुल गर्ने अधिकार स्थानीय प्रशासनलाई छ। दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यकामा १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी छ। २२ वैशाखमा पुन: एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा फेरि दुई साताका लागि थपिएको थियो। यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थपिएकाे हाे। निषेधाज्ञाको आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान अध्यादेशमा छ। यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ। अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ। आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि सिडिओलाई छ। चाैथाे चरणकाे निषेधाज्ञामा खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर पनि बन्द गरिएकाे छ। बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द गरिएकाे छ। यस अघि बिहान १० बजेसम्म खाद्यान्नका पसल खोल्न पाइने व्यवस्था थियो । तर, अब जेठदेखि २१ जेठसम्म खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने भएको हो । तर तरकारी, फलफुल, दुधडेरी, मासु, खानेपानी, ग्यासपसलहरु बिहान ९ बजेसम्म मात्र खुल्न पाउनेछन् । तरकारी तथा फलफूलको थोकबजारमा फुटकर बिक्री वितरण गर्न पाइने छैन । तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल बेच्न पाइने छैन । बैंकतर्फ काठमाडौंमा प्रधान कार्यालय र तीनवटा शाखा खोल्न पाइने छ । विकास बैंकमा प्रधान कार्यालय र २ वटा शाखामात्र खोल्न पाइने छ ।विवाह गर्नेलाई एउटा गाडीमा ७ जनासम्मको यात्रा अनुमति दिइएको छ । विदेश जाने आउनेले पासपोर्ट र टिकटको आधारमा सवारी साधनको प्रयोग गर्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाले सम्बन्धित संचारमाध्यमको सिफारिसपछि सिडियो कार्यालयबाट पास लिनुपर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष