NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसद विघटनविरुद्धका सबै रिटकाे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन सन्दर्भमा सर्वोच्च अदालतमा परेका ३० वटा रिटकाे संवैधानिक इजलासमा पेश भएका छन्। ती रिटकाे सुनुवाइका लागि प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबराले आज शुक्रबार संवैधानिक इजलास गठन गर्दैछन्। प्रतिनिधिसभा विघटन निर्णय खारेज र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशकाे माग गर्दै दायर भएका २६ वटा र प्रधानमन्त्री केपी ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा गरी ३० वटा रिटको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा हुने भएको हो। प्रन्या जबराले १९ वटा रिटमा बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो। सरकारले जेठ ७ गते मध्यराति संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। चुनाव घोषणातत्काल कार्यान्वयन नगर्न कानुन व्यवसायीले अन्तरिम आदेशको पनि माग गरेका थिए। तर प्रधानन्यायाधीशको एकल इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय भएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष