NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहितका ७ संक्रमितको ज्यान गयो

काठमाडौं । सरकारले अक्सिजनको अभाव नभएको भनिरहेका बेला अक्सिजन नपाएर पोखरामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यृ हुनेमा अप्रेसन गरेकी सुत्केरी, मृर्गौला र कलेजोको समस्या भएकासहितका छन् । यसरी अक्सिजन नपाएर मृत्यु हुनेमा अप्रेसन गरेकी सुत्केरी, कलेजोको समस्या भएका १ जना, डायबिटिजको समस्या भएका एक जना, मिर्गौलाका समस्या भएका एकजनासहित अन्य सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिरुको निधन भएको हो । हाइफ्लोमा अक्सिजन दिनुपर्ने भए पनि अभाव हुँदा बिरामीको निधन भएको बिरामीको आफन्तले दाबी गरेका छन् । धेरै नै सिरियस बिरामीलाई हाइफ्लोमा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन आवश्यक हुने गर्छ । तर, बिहीबार राति अक्सिजनको अभावमा उनीहरुले ज्यान गएको हो । तर, अस्पतालले अक्सिजनको अभावले मात्रै उनीहरुको ज्यान नगएको दाबी गरेको छ । तर, अस्पतालले अक्सिजन अभाव भएको स्वीकारेको छ । अभावपछि अक्सिजन बिरामीका आफन्तले नै खोजेर ल्याए पनि उनीहरुलाई बचाउन नसकिएको अस्प्तालको भनाई छ । तर, बिरामीका आफन्तले लगातार अक्सिजन नपाउँदा बिरामीको निधन भएको बताएका छन् ।यसरी मृत्यु हुनमो तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १र१ जना गरी सात रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष