NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

डाक्टरमाथि आक्रमण गर्नेलाई कारवाही गर्न देउवाको माग

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले भेरी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न माग गरेका छन् । महामारीका बेला ठूलो जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीमाथि कारवाही गर्नु निन्दनीय भएको भन्दै देउवाले कारवाही गर्न माग गरेका हुन् ।‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’ देउवाले सामाजिक संजालमार्फत् भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष