NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसद् विघटनको मुद्दा संवैधानिक इजलासमा : यी हुन् मुद्दा हेर्ने राणा नेतृत्वका चार न्यायाधीश

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । राणाले आफ्नै नेतृत्वमा इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छानेका हुन् । संसद विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । प्रारम्भिक सुनुवाइ गर्दै प्रधान्यायाधीश राणाको एकल इजलासले मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।सोही आदेश बमोजिम प्रधानन्यायाधीश राणाले आफ्नै नेतृत्वमा चार सदस्ययीय इजलास गठन गरेका हुन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै दायर भएका २६ वटा र प्रधानमन्त्री केपी ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा गरी ३० वटा रिटको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा हुने भएको हो। प्रन्या जबराले १९ वटा रिटमा बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो। सरकारले जेठ ७ गते मध्यराति संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। चुनाव घोषणातत्काल कार्यान्वयन नगर्न कानुन व्यवसायीले अन्तरिम आदेशको पनि माग गरेका थिए। तर प्रधानन्यायाधीशको एकल इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय भएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष