NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जना पक्राउ

काठमाडौं । आफन्तको मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् । बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । मानबहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत हुन् । अस्पतालका स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि आन्दोलनमा छन् । उनीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म काम नगर्ने अडान लिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष