NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भेरी अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने एमाले लुम्बिनी प्रदेश सदस्य

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार राति डाक्टर र नर्समाथि कुटपिट भएको घटनाको यतिखेर चौतर्फी आलोचना भएको छ । कोरोना संक्रमितको उपचारको क्रममा निधन भएपछि आक्रोशित समूहले अस्पतालको आइसियुसम्म प्रवेश गरेर डाक्टर नर्समाथि कुटपिट गरेको थियो । उपचारका क्रममा कोरोनाबाट संक्रमित दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आक्रोशित समूह अस्पतालमा आक्रमण र तोडफोडमा उत्रिएको हो । बिहीबार राति ८ बजे रावतको मृत्यु भएलगत्तै सो समूह आक्रमणमा उत्रिंदा अस्पतालमा भागाभाग मच्चिएको थियो । आक्रमण साम्य नभएपछि अस्प्ताल प्रशासनले प्रहरीलाई बोलानुपरेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरेको जनाएको छ । यसरी पक्राउ परेका मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत हुन्। आइसियु कक्षमै डाक्टर र नर्समाथि आक्रमण भएको थियो । आक्रमणबाट बच्न केही नर्स ज्यान जोगाउन छतबाट हाम फालेका थिए । रावत समूहको आक्रमणबाट डाक्टरहरु दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अनसारी घाइते भएका छन् । त्यस्तै स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोट लागेको भेरी अस्पताल प्रशासनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष