NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सामग्री दिने बेलायत, धन्यवाद पायो अमेरिकाले

काठमाडौं । परराष्ट्र मन्त्रालयले बेलायतले गरेको स्वास्थ्य सामग्री सहयोगको धन्यवाद अमेरिकालाई दिएको छ । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो । तर, परराष्ट्र मन्त्रालयले आफ्नो स्वीटर अकाउन्टमार्फत स्वास्थ्य सामग्री सहयोगका लाथि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद दिएको छ । पछि भने मन्त्रालयले उक्त ट्वीट सच्याएकाे छ । उक्त ट्वीटरमा राखिएको स्वास्थ्य सामग्रीमा बेलायतको यूके एडको लोगो स्पष्टसँग देख्न सकिन्छ । ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष