NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

राष्ट्रियसभा सदस्य देवकोटाको शपथ आज

काठमाडौं । वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाको शपथ ग्रहण आज हुने भएको छ । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटा विजयी भए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष