कोभिड संकट व्यवस्थापनमा सरकार असफल भयो : संकट व्यवस्थापन विज्ञ थपलिया [भिडियाेसहित]
काठमाडौं । सरकार कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापनमा असफल भएको संकट व्यवस्थापन विज्ञ डा. राम थपलियाले बताएका छन् । कोरोना महामारी रोक्न बहुमपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्द कोरोना संक्रमणको जोखिम बढेको उनको भनाइ छ । डा. थपलियाले संकट व्यवस्थापनको लागि राजनैतिक नेतृत्वमा एकदलको र एक यक्ति हावी हुँदा संकट गहिरिँदै गएको बताए । यो संकट समाधान प्रभावकारी ढंगले हुन नसक्दा जनमानस र आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न उनले औंल्याए । संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही वर्ष लाग्ने उनको भनाइ छ । ‘संकटको यो अवस्थाले राजनैतिक अस्थिरता र अराजकता निम्त्याउन सक्ने खतरा देखिन्छ,’ उनले भने । https://www.youtube.com/watch?v=_9CvwBCtryk
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया