NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

केही समय लागे पनि महाकालीपूर्वको जमिन अवश्य फिर्ता आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएको बताएका छन् । उक्त जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको ओलीले बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँगको कुराकानीमा उनले वर्षौंदेखि नेपाली भूमि भारतले प्रयोग गर्दै आएको बताए । उक्त जमिन नेपाली भएकाले फिर्ता ल्याउनका लागि कुराकानी भइरहेको र केही समय लाग्ने जानकारी दिए । उनले महाकाली नदीपूर्वको जमिन नेपालको भएको र उक्त जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दे ती भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए । उनले भने, ‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपूर्वको भनौं । महाकाली पूर्वको जमिन नेपालको हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौं र त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौ ।’ उनले जमिन नेपालको भए पनि ५८ वषैदेखि भारतको नियन्त्रणमा रहेको बताउँदै अब धेरै लामो समय उक्त जमिन भारतको नियन्त्रणमा नहुने विश्वास व्यक्त गरे । ‘यस सम्बन्धमा हामी भारतसंग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने विगत ५८ बर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन’, ओलीले भने । छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने बताए । भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध रहेको पनि ओलीले दावी गरे । ‘कतिपयले मलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेका छन् । तर, आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् ?’, ओलीले प्रश्न गरे । https://youtu.be/VcyfqN2kCB8

ताजा अपडेट

नेपालवाच विशेष