NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रधानमन्त्री ओली सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे सम्बोधन गर्ने भएका छन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । यस्तै, विपक्षी दलसँगै पूर्व निर्वाचन आयुक्त, योजना आयोगका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्रीहरुले अध्यादेशमार्फत बजेट नल्याउन सुझाव दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष