NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भेरी अस्पतालको कुटपिट घटना छानबिन गर्न सहायक प्रजिअको संयोजकत्वमा छानबिन समिति

काठमाडौं । आफन्तको मृत्युपछि भेरी अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शुक्रबार बसेको सरोकारवालाको बैठकले सहायक प्रजिअ शंकरबहादुर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाइएको सहायक प्रजिअ विष्टले जानकारी दिए । समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष