NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खोप उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायसँग अपील

काठमाडौं । नेपाल सरकारले खोप उपलब्ध गराइदिनका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराइदिनका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सरकार खोप ल्याउन प्रयत्नशील रहेकाले खोप उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । अब सरकार अनुदानको मात्रै भर नपरेर खरिद गरेरै भए पनि खोप ल्याउन तयार रहेको बताए । सबै खोप उत्पादक राष्ट्रहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुदानमा नभए पनि बिक्री गरिदिन अनुरोध गरे । नेपालमा झण्डै दुई करोड नागरिकलाई खोप लगाउनुपर्ने भएकाले उत्पादक अन्तर्राष्ट्रिय कम्पनी र राष्ट्रहरुले सोही परिमाणमा खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन् । ओलीले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दूतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद पनि दिए । भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरे पनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनी र देशहरुले दिन नसकेका कारण खोप कार्यक्रम अगाडि नबढेको बताए । साथै उनले उक्त अन्तरक्रियामा सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने निर्णयलाई असंबैधानिक भयो भनेर आरोप लगाइरहेको बताए । ‘सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम गरेका छन् । सरकारले जारी गरेका अध्यादेशहरुको सम्बन्धमा पनि विरोध भईरहेको छ । विपक्षीहरुले कोभिड १९ को दोश्रो लहरलाई राजनीतिक अभिष्ट पूरा गर्ने माध्यम बनाएका छन्’, ओलीले भने । साथै उनले कोरोना महामारीकाबीच पनि राजनीतिक हिसाबले अदालतलाई दवाद दिने प्रयोगजनका लागि जनदवाव सिर्जना गरेर न्याय निरुपणलाई प्रभावित पार्न खोजिरहेको पनि आरोप लगाए । ‘कोभिड १९ महामारीको यो दोश्रो लहर राजनीतिक हिसावले अदालतलाई दवाव दिने प्रयोजनका लागि पनि र जनदवाव सिर्जना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसावले पनि यी विषयहरु उठे र उठाइए,’ उनले भने, ‘जसले गर्दा सामाजिक दूरी कामय राख्ने कुराहरुमा कमी आयो । आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरुमा भीडभाड गर्ने पर्ने कुराहरुले पनि सजिलोसंग संक्रमण फैलियो ।”

ताजा अपडेट

नेपालवाच विशेष