स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न सक्ने खालको वातावरण मिलाउन सबैलाई आग्रह गरेको छ । भेरी अस्पताल नेपालगंजका स्वास्थ्यकर्मीहरु माथि भएको दुर्व्यवहार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई पेशागत धर्म निभाउने वातावरण बनाइदिन अपिल गरेको हो । ‘स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न सक्ने खालका वातावरण हामी सबैले मिलेर बनाउनु पर्दछ’, मन्त्रालयले अपिल जारी गर्दै भनेको छ – ‘यो महामारीको समयमा संक्रमणको रोकथाम, नियन्त्रण, उपचारका सबै भन्दा भरपर्दा सारथी भनेकै स्वास्थ्यकर्मीहरु भएकोले सबै सरोकारवाला निकायहरु मिलेर उहाँहरुलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ आफ्नो पेशागत मर्यादा नभूली काम गरीरहेका स्वास्थ्यकर्मीहरु माथि सांघातिक हमला हुने खालका क्रियाकलाप हुनु निकै लज्जास्पद भएको मन्त्रालयको भनाई छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया