NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संवैधानिक इजलासमा दुई पक्षबीच विवाद, आइतबारसम्म सुनुवाइ स्थगित

काठमाडौं । संसद् विघटन र सरकार गठन सम्बन्धमा भइरहेको सुनुवाइका क्रममा संवैधानिक इजलासमा विवाद भएको छ । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद हो । विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष