करिब १६ खर्ब पुग्यो विदेशी ऋण, सरकारी खर्चमा साढे ६ प्रतिशतले संकुचन (पूर्णपाठसहित)
काठमाडौं । नेपालमा विदेशी दाताले दिएको ऋण बढेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को फागुन मशान्तसम्म विदेशी ऋण करिब १६ खर्ब पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको विवरणअनुसार विदेशी ऋण १५ अर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । यो ऋण नेपालको कूल गाह्रस्त उत्पादनको ३७ दशमलव ३ प्रतिशत बराबर रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए । यस्तै, गत आर्थिक वर्षभन्दा सरकारी खर्चमा संकुचन भएको छ । अर्थ मन्त्री पौडेलका अनुसार गत वर्ष भन्दा चालू आवमा सरकारी खर्चमा ६ दशमलव ५ प्रतिशतले संकुचन भइ ५ खर्ब ७१ अर्ब ७७ करोड रहेको छ । यस्तै, संघीय सरकारको बजेट घाटामा लभने सुधार आएको छ । गत आवको तुलनामा यस आवमा ६५ दशमलव ५ प्रतिशतले सुधार हुँदै २९ अर्ब १६ करोड कायम रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए । यस्तै मन्त्री पौडेलले गत आर्थिक वर्षको तुलनामा यस आवको फागुन मशान्तसम्म सरकारी राजश्व पनि बढेको बताए । चालू आवमा ४.६ प्रतिशतले वृद्धि भई संघीय सरकारको राजश्व ५ खर्ब एक अर्ब ९७ करोड राजश्व संकलन भएको छ । यस्तै चालू आवमा ७ अर्ब ४८ करोड अनुदान र ८४ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको जानकारी दिए । जसमध्ये ६० अर्ब ९ करोड रुपैयाँ फागुन मशान्तसम्म उपयोगमा आएको छ । ठूला पूर्वाधार परिजोनामा ३८ अर्ब ६७ करोड ९१ लाख, १३३ उद्योगमा २५ अर्ब ५१ करोड गरी कूल ६४ अर्ब १९ करोड बराबरको विदेशी लगानी स्वीकृत गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए । कोरोनाबाट प्रभावितलाई उत्थानका लागि सरकारले समावेश गरेको सहुलियत दरमा प्रदान गरिने पुर्नकर्जा कार्यक्रम विस्तार भएको मन्त्रालयले जनाएको छ । चालू आवको फागुन मशान्तसम्म पुर्नकर्जा कार्यक्रममा ४८ हजार ८ सय ३१ ऋणीको कूल एक खर्ब ४२ अर्ब १७ करोड पुर्नकर्जा स्वीकृत गरिएको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार चालू आवको फागुन मशान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि ४२ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ । पूर्णपाठ
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया