NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिएका छन् । मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए । साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताएका छन् । मन्त्री ढकालले संकटमा परेका व्यक्तिहरू झन् शोषणमा नपरुन् भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताएका छन् । उनले भने, ‘फ्लाइटहरु बन्द भएका कारण विभिन्न खालका कुटनीतिक प्रयासहरुबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भकाले बरु थोरै देशबाट भएपनि नियमित खालका उडानहरुलाई गरियो भने कम्तिमा त्यसमा अनियमितता हुँदैन,’ उनले भने, ‘हप्ताको एक दिन सेड्युल फ्लाइट गर्न सकिन्छ भनेर हिजोको मन्त्रीपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एउटा फ्लाइट गर्ने निर्णय गरेका छौँ ।’ मन्त्रीपरिषद्काे याे निर्णयसँगै अब आगामी जेठ १८ गतेबाट यी तीन मुलुकमा उडान सुचारु हुने भएको छ । मन्त्री ढकालका अनुसार, ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने छ भने एक डोज मात्रै खोप लगाएका व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । त्यस्तैगरि ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान सरकारले तोकेको छ। https://www.youtube.com/watch?v=9ly1pYHt290

ताजा अपडेट

नेपालवाच विशेष