NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आगामी १० दिनभित्र खोप उपलब्ध हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । आगामी १० दिनभित्र कोरोना भाइरस विरुद्धको खोपमा उपलब्ध हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेकाले आगामी १० दिनभित्र कोरोना विरुद्धको खोपमा ब्रेक थ्रु हुने ज्ञवालीले बताएका हुन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा ज्ञवालीले खोप ल्याइने र १० दिनभित्रै नागरिकलाई खोप उपलब्ध गराउने बताएका हुन् । सरकारले २०२१ भित्र देशका सबै नागरिकलाई खोप उपलब्ध गराउने ज्ञवालीले बताए । उनले भने, ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । कोही पनि नगारिक खोपबाट वञ्चित हुनेछैन । २०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध हुन्छ । अन्य देशले समेत केही दिनमा खोपको घोषणा गर्नुहुन्छ ।’ खोपको असमान वितरण भएका कारण खोप आयात र वितरणमा समस्या भएको उनले बताए । ज्ञवालीले भने, ‘अहिले ९५ प्रतिशत खोप १५ देशमा सिमित छ । बाँकी देशले ५ प्रतिशत मात्र खोप अभियान चलाउन सकेका छन् । सम्पन्न देश मात्र सुरक्षित भएर हुँदैन । सबै देशले खोप नपाएसम्म महामारी नियन्त्रणमा आउँदैन । सबैतिर समान वितरण आवश्यक छ ।’ सरकारले खोप खरिद गर्न चीन, अमेरिका, रुस, बेलायत र भारतलाई पत्राचार गरिएको ज्ञवालीले बताए । सरकारले खोप खरिदका लागि अर्थ मन्त्रालयमार्फत ३६ अर्ब समेत सुनिञ्चित गरेको उनले बताए।

ताजा अपडेट

नेपालवाच विशेष