NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

शपथ ग्रहणपछि डा. देवकोटाले भने, ‘संविधान मास्ने षड्यन्त्र भइरहेको छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहणपछि बोल्दै उनले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको र त्यसलाई बचाउने तथा सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् । सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि संसदलाई छलेर पटक–पटक विघटन गरिएको बताए । सबै मिलेर संविधान बचाउनुपर्ने भन्दै उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताए । उनले भने, ‘मेरो जवाफदेहिता भनेको प्रदेशप्रति र स्थानीय तहप्रति हो । र संविधानको धारा ७६ को उपधारा १० ले प्रधानमन्त्रीको जवाफदेहिता संसदप्रति हो । मन्त्रीहरुको जवाफदेहिता पनि संसदप्रति हो । संसदलाई छलेर पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने जुन काम भएको छ । यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको कार्य हो ।’ डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको उनको भनाइ छ । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गएको उनले बताए । उनले भने, ‘मलाई चाहीँ पूर्ण विश्वास के छ भने प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना हुने हामी सबैले कामना पनि गरौँ । साँच्चै अब संविधानलाई राइट ट्रयाकमा ल्याउने हो भने त्यसको विकल्प पनि छैन । धारा ७६(३) को सरकारले संसदमा विश्वासको मत नलिइकन प्रतिनिधिसभा विघटन भएको अवस्था हो । किनभने ७६(५) मा माननीय शेरबहादुर देउवाले दाबी गरिसकेपछि त्यो अनुसारको प्रधानमन्त्री नियुक्त गरिनुपथ्र्यो । किनभने संविधान भन्दा बाहिर गएको अवस्था यो भयो ।’

ताजा अपडेट

नेपालवाच विशेष