NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पर्सामा कोरोना संक्रमणमुक्त भएका तीन जनामा ब्ल्याक फंगस पुष्टि

काठमाडौं । भारतमा देखिएको ब्ल्याक फंगस नेपालमा पनि पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका तीन जनामा म्युकोमाईकोसिस अर्थात कालो ढुसी(ब्ल्याक फंगस) पुष्टि भएको हो । वीरगन्ज महानगरमा रहेको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोरोना संक्रमणमुक्त भइसकेका तीन जनाको केओएच परीक्षण गर्दा म्युकोमाईकोसिस अर्थात कालो ढुसीको संक्रमण देखिएको छ । तीन जना वीरगन्ज महानगरपालिकाका २५, ४५ र ५० वर्षका रहेको छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलले ब्ल्याक फंगसको संक्रमण तीन जनामा देखिएको भन्दै उपचार गर्न नारायणी उप–क्षेत्रीय अस्पतालमै नन् कोभिड वार्ड बनाउने तयारी थालिएको बताए । यता फंगसको कल्चर गर्दा २ जनामा म्युकोर्माइकोसिस प्रमाणित भएको र एक जनाको कल्चरको रिर्पोट आउन बाँकी रहेको नारायण उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर निरज सिंहले पनि पुष्टि गरेका छन् । कोरोना संक्रमितमा समेत देखिएको ब्ल्याक फंगसले नाक, आँखा र मस्तिस्कमा गम्भीर असर पु¥याउने गरेको चिकित्सकहरुले बताएका छन् । उपचार गर्न पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्काल अन्यत्र रेफर गरिएको डा. सिंहले बताए । ब्ल्याक फंगस देखिएका रोगीहरु भारतसँगै नेपालका सुविधासम्पन्न स्थानमा पुग्ने गरेको उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष