NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रधानमन्त्रीले किन गर्दैछन् राष्ट्रका नाममा सम्बोधन ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । संसद विघटन भएको बेला सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । तर, अध्यादेशबाट बजेट ल्याउन खोजिएकोमा राजनीतिक रुपमा विरोध पनि भइरहेको छ । यसैबीच प्रधानमन्त्रीले अध्यादेशबाट बजेट ल्याउनु सरकारको बाध्यता भएकोसहितका विषय सम्बोधनका क्रममा व्यक्त गर्न लागेका हुन् । पछिल्लो समय ओलीले पत्रकार सम्मेलनमार्फत् आफ्ना कदमको राजनीतिक बचाउ गर्दै आएका छन् । यस अघि पनि प्रधानमन्त्रीले दुईपटक पत्रकार सम्मेलन गरिसकेका छन् । साथै, कोरोना महामारी नियन्त्रणका खोपसहितका स्वास्थ्य सामग्री ल्याउन सरकारले गरिरहेको तयारीसहितका विषयमा प्रधानमन्त्रीले जानकारी गराउने तयारी गरेका हुन् । सम्बाेधन ४ बजे हुने जनाइएकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष