NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एमालेको स्पष्टीकरणमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले दिए यस्तो जवाफ

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको स्पष्टीकरणको मन्त्रीहरुले जवाफ दिन थालेका छन् । एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाएका हुन् । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि आजै स्पष्टीकरण बुझाउने तयारी गरेका छन् । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनालाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे जवाफ दिदै स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाएका छन् । उनले कोरोना भाइरसको महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने बताएका छन् । यस्तो छ मन्त्री सुवेधीको जवाफ :

ताजा अपडेट

नेपालवाच विशेष