NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कोरोनासँग जुध्न स्वास्थ्य सामग्री हस्तान्तरण

जनकपुरधाम । प्रदेश २ सरकारलाई कोरोना महामारीसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ । वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोरोना महामारीसंग प्रदेश २ सरकारलाई एकसय थान अक्सीजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री शुक्रबार हस्तान्तरण गरेको हो । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकासमन्त्री नवल किशोर साहलाई उक्त स्वास्थ्य सामग्रीहरु संस्थाका प्रतिनिधिले हस्तान्तरण गरेका छन् । पहिलो चरणमा अक्सिजन सिलिण्डर, अक्सीमिटर, पीपीई, थर्मल गन एक/एक सय थान र अक्सिजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरेको समाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश २ का महोत्तरी, सर्लाही र रौतटह जिल्लामा कोरोनासँग जुध्न स्वास्थ्य सामग्री पनि प्रदान गरेको छ । तीन जिल्लामा अक्सिजन सिलिण्डर, अक्सीमिटर थान, पीपीई सेट, थर्मल गन ७०/७० थान र अक्सिजन कन्सनट्रेटर एक÷एक थान हस्तान्तरण गर्न लागेको उक्त संस्थाले जनाएको छ । प्रदेश २ का अस्थायी राजधानी रहेको धनुषा जिल्लालाई अगामी साता अक्सिजन सिलिण्डर एकसय थान र पीपीई ५० थान सहयोग गर्ने प्रतिबद्धता संस्थाले गरेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष