NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपतिद्वारा खेद व्‍यक्त

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले खेद व्‍यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत महामारीलाई परास्त गर्नु सबैको साझा दायित्व रहेको भन्दै स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् । ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ’, उनले लेखेकी छन्, – ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

ताजा अपडेट

नेपालवाच विशेष