NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई शुक्रबार टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष