NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्काशित

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई पार्टी सदस्यबाटै निष्काशन गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्काशन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । निष्काशित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । आजै प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुनर्गगठन गरेका छन् । यसअघि नै एमाले स्थायी कमिटीले प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो । तर, माधव पक्षको बहुमत भएकाले संसदीय दलको बैठकले सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको थियो ।