NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पुसभित्र लक्षित समूहलाई खोप, २ कराेड १७ लाखलाई लगाउनु पर्ने आँकलन

सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्नेछ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुन सक्ने देखिएको मन्त्री ज्ञवालीले बताए । सन् २०२१ भित्र आमनागरिकलाई खोप लगाउनेगरी सरकार अघि बढिरहेको उनले जानकारी दिए । त्यस्तै, भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाइसकेको छ । ‘कोभ्याक्सअन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो,’ मन्त्री ज्ञवालीले भने, ‘हालसम्म कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कूटनीतिक प्रयत्न जारी छ ।’ विभिन्न मुलुकसँग खोप खरिद वा अनुदान विषयमा छलफल भइरहेको बताउँदै मन्त्री ज्ञवालीले साता दिनभित्र ‘ब्रेक थु्र’ हुने प्रस्ट पारे । खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित गरिएको छ । सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र बेलायतको अस्ट्राजेनेका खोप प्राप्तिका लागि पहल गर्दै आएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले दोस्रो डोज खोप लगाउने समयावधि विषयमा छिट्टै निक्र्योल गरिने जानकारी दिए । ‘दोस्रो मात्रा कहिले लगाउने रु भन्नेबारे छिट्टै निर्णय हुनेछ, खोप अभाव भएकै कारण १२ साताभित्र लगाउनुपर्ने कोभिडसिल्ड लगाउने समय घर्किएको हो,’ उनले भने, ‘हालसम्म अनुमानित ४ लाख ५० हजार नागरिकले पहिलो र दोस्रो मात्रा लगाएका छन् ।’ राजधानी दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष