NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज अध्यादेशबाट बजेट, त्यसअघि मन्त्रिपरिषद् बैठक

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घाेषणा गरेकाे सरकारले अध्यादेशमार्फत आज शनिबार आगामी आवकाे बजेट ल्याउँदैछ। जेठ १५ गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी आवकाे बजेट १६ खर्ब हाराहारीमा ल्याउन लागेकाे हाे। बजेट ल्याउन अघि मन्त्रिपरिषदमा बजेट पेश गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठक आजै बिहान बस्दैछ। मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णु पाैडेलले दिउँसाे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बजेट सार्वजनिक गर्नेछन्। सरकारले कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहे बजेट सार्वजनिक गर्दैछ। कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष