NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

यास नामक चक्रवात क्रमश: कमजाेर बन्दै गएकाे छ। गत बुधबार जमिनमा बज्रिएकाे चक्रवातका कारण भारत र नेपालकाे माैसम प्रतिकूल बनेकामा अब विस्तारै सहज बन्ने भएकाे छ। यद्यपि नेपालमा शनिबार भने वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर बदली छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ। दिउँसाे हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलाे पानी पर्नेछ। राति लुम्बिनी प्रदेशका १-२ स्थानमा झरी पर्नेछ। आइतबार प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका १-२ स्थानमा ठूलाे वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष