NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

गणतन्त्र दिवसमा राजतन्त्रवादी कमल थापा भन्छन्- राष्ट्र कमजोर भयो राजसंस्था पुनर्स्थापना गरौं

काठमाडौं । गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले भने यसमाथि प्रश्न उठाएका छन् । सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि गणतन्त्र ल्याइए पनि देश र जनता बलियो नभएको बताएका हुन् । बरु भ्रष्टाचार, धर्म परिवर्तन र विदेशी हस्तक्षेप बढ्दा राष्ट्र कमजोर भएको भन्दै राजसंस्था पुनस्थापनाबारे विचार गर्न उनले आग्रह गरेका छन् । ‘जेठ १५ गते–१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ’ थापाले भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष