NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले गरिन् बाइडेनलाई पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्धताका लागि समकक्षीहरुसँग अनुरोध गर्ने कार्यलाई जारी राखेकी छन् । भारतीय र चिनियाँ समकक्षीलाई खोप उपलब्ध गराइन अनुरोध गरेकी राष्ट्रपति भण्डारीले अब अमेरिकी सरकारसँग पनि अनुरोध गरेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए । जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ । यसअघि राष्ट्रपति भण्डारीले पत्र पठाएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी जाे बाइडेनलाई पठाएकाे पत्र हस्तान्तरण गर्दै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा

ताजा अपडेट

नेपालवाच विशेष